हेलम्बुमा आएको बाढी

हेलम्बु गाउँपालिका वडा नं 4 मा आएको यस बाढीले विकासका पूर्वाधार लगायत खेतीयोग्य जमिनहरु बगाएका छन्। तीन दिन लगातार पानी परेकाले सामान्य खोला बढेर यातायात सडक, घर, भवन बगाएका छन्। यस लगायत एउटा एसपोइन् एकेडेमी, सरस्वती मा. वी, तेरसे मा.वी जस्ता विद्यालयहरु लाई समेत असर पुर्याएको छ। यो बाढी साउन 28 गतेको दिन आएको हो। यस बाढीले चनौटे, डुक्रे बजार, ग्याल्थुम बजार लाई सबै भन्दा बढी प्रभावित बनाएको हो। ज्ञाल्थुम बजारका मानिसहरू दिउँसो किनबेच काम गर्ने र राती अलि टाढा गएर सुत्ने गर्ने गर्थे। यस बाढीको कारण हेलम्बु आउने जाने गर्ने सवारी साधनहरु सञ्चालन हुन सकेन। केही दिन पछि उक्त सडक पुनः निर्माण गरिएर सवारी साधनहरु सञ्चालन हुन सक्यो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top