प्लस टूका विद्यार्थीलाई एउटै केन्द्रमा राखेर पढाउँदै हेलम्बु

हेलम्बु गाउँपालिकाले ११ र १२ (प्लस टू) का विद्यार्थीलाई एउटै केन्द्रमा राखेर अध्यापन गराइरहेको छ।

गाउँपालिकाभित्र रहेका तीनवटा प्लस टू विद्यालयका सबै विद्यार्थीलाई एउटै केन्द्रमा राखेर अध्यापन गराएको हो। ती विद्यार्थीलाई पढाउन गाउँपालिकाले हेलम्बु टिचिङ सेन्टर स्थापना गरिएको छ।

सो केन्द्रमा वडा नं २ को भूमेश्वरी माध्यमिक विद्यालय, वडा नं ४ को सरस्वती मावि र वडा नं ६ को महेन्द्र माविका विद्यार्थी पढ्छन्। टिचिङ सेन्टरमा पढ्ने विद्यार्थीलाई गाउँपालिकाले युनिफर्मसमेत उपलब्ध गराएको छ।

यहाँ अध्यापन गर्ने विद्यार्थीले निःशुल्क शिक्षा प्राप्त गर्न पाउँछन्। हिमाली क्षेत्र मेलम्चीघ्याङ, तार्केघ्याङ र शेर्माथाङमा बसोवास गर्ने स्थानीय गाउँ छोडेर विस्थापित हुन थालेको र बेँसीमा बस्ने विद्यार्थी पनि पढ्नका लागि राजधानी जान थालेपछि त्यसलाई रोक्न सबै सुविधासहित हेलम्बु स्थानीय सरकारले टिचिङ सेन्टर स्थापना गरेको हो।

तीनवटै स्कुलका विद्यार्थीको प्रमाणपत्र सम्बन्धित विद्यालयबाट बन्छ। समयको बचत, शिक्षक व्यवस्थापन र मन परेको विषय पढ्ने विद्यार्थीको इच्छा पूरा गर्न टिचिङ सेन्टर स्थापना गरेको हो। छोराछोरी पढाउन गाउँ नै छोडेर विस्थापित हुने समस्या रोक्न यो विधि महत्त्वपूर्ण हुने गाउँपालिकाको विश्वास छ।

मेलम्ची भ्याली क्याम्पस ग्याल्थुमको भवन भाडामा लिएर टिचिङ सेन्टर सञ्चालन गरिएको छ। गाउँपालिकाभित्रका ३ सय विद्यार्थी अहिले एकै ठाउँमा पढ्छन्

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top